कञ्चनपुर– कञ्चनपुरको पुनर्वास नगरपालिका–९ की १७ वर्षीया राधिका जैशीको बुधबार सर्पको डसाइबाट मृत्यु भएको छ ।


ADVERTISEMENT


सर्पले डसेपछि उपचारका लागि कैलालीको धनगढीतर्फ लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको स्थानीय भारमल सुनारले बताए।


ADVERTISEMENT

# # #


“नगरपालिकास्थित स्वास्थ्य चौकीमा एन्टीस्नेक भेनम नहुँदा उनलाई उपचारका लागि २५ किलोमिटर टाढाको धनगढी लैजाँदै गर्दा मृत्यु भएको छ”, उनले भने ।