काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


पछिल्लो २४ घण्टामा देशभरका २९ वटा प्रयोगशालामा ६ हजार ९९३ जनाको पीसीआर टेस्ट भएको छ । हाल क्वारेन्टिनमा ११ हजार ५३३ जना रहेका छन् भने ५ हजार ३३८जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् ।


ADVERTISEMENT

# # #


कुल संक्रमित मध्ये ५६ जनाको मृत्यु भएको छ । हालसम्म १४ हजार ४९२ जना निको भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यो कूल संक्रमितको ७२.१ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा ९३ जना निको भएका छन् ।