काठमाडौं- सैनिक कल्याणकारी कोषको लगानी समेत गरी यथार्थ सम्पत्ति ५१ अर्ब ६१ करोड ४ लाख रुपैयाँ पुगेको छ ।


ADVERTISEMENT


शान्ति सेनामा सहभागी भए बापत प्राप्त १ करोड २४ लाख १ हजार रुपैयाँबाट २०३२ सालमा स्थापित कोषमा अहिले करिब ४५ अर्ब ८६ करोड नगद मौज्दात रहेको सहायक रथी सागरबहादुर केसीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


काठमाडौंस्थित जंग्गीअड्डामा पत्रकार सम्मेलन गरी सहायकरथी केसीले कोषबाट विभिन्न कल्याणकारी कार्यमा ५ अर्ब ७४ करोड ३० लाख रुपैयाँ लगानी गरिएको जानकारी दिए । यस्तै कोषले जोखिममा रहेको ८० करोड रुपैयाँ उठाएको छ ।