कालीकोट– कालीकोटका पहिरो पीडितलाई प्रदेश सरकारले ४ लाख नगद राहत र बस्न घर निर्माण गरी दिने भएको छ ।


ADVERTISEMENT


पहिरो प्रभावित क्षेत्रको अनुगमन गर्न कालीकोट पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीय सरकारको तर्फबाट २ लाख र कर्णाली प्रदेश सरकारको तर्फबाट विपद् विमाबाट थप दुई लाख गरी ४ लाख एकमुष्ट राहत रकम दिने बताउनु भएको हो ।


ADVERTISEMENT

# # #


 कर्णाली प्रदेश सरकारले प्रदेश भित्रका सबै नागरिकको विपद् विमा गरेको छ । गृह मन्त्रालयले बाढी पहिरोलगायतका विपद्बाट मृत्यु भएकालाई प्रति ब्यक्ति एक लाख दिने निर्णय परिवर्तन गरेर दुई लाख दिने निर्णय गरेको छ ।