काठमाडौँ – नेपाली काँग्रेसले पदावधि समाप्त भएका पार्टीका नौ भ्रातृ सङ्घको म्याद छ महिनाका लागि थप गरेको छ ।


ADVERTISEMENT


काँग्रेसले पार्टीको आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन हुने गरी म्याद समाप्त भएका मितिबाट छ महिनाका लागि उक्त भ्रातृ सङ्घहरुको म्याद आज थप गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


ADVERTISEMENT

# # #


काँग्रेसले नेपाल तरुण दल, नेपाल विद्यार्थी सङ्घ, नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल किसान सङ्घ, नेपाल दलित सङ्घ, नेपाल आदिवासी जनजाति सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ, नेपाल तामाङ सङ्घ र नेपाल ठाकुर समाजको म्याद थप गरेको हो ।