काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेले धुलिखेल नगरपालिका ११ आरुबोटेका ५४ वर्षीय कामीसिंह तामाङको हत्यामा संलग्न दुई जनालाईं पक्राउ गरेको छ ।


ADVERTISEMENT


शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै प्रहरीले धुलिखेल ११ का २१ वर्षीय सन्जीव मैलानी र २३ वर्षीय रुपेन्द्रमान लामालाई पक्राउ गरेको जनाएको हो । प्रहरीको अनुसन्धान समूहले बिहीबार साँझ नै लामालाईं काभ्रे र मैनालीलाईं ललितपुर ढुंगेसाँघुबाट पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) रबि पौडेलले जनाएका छन् ।


ADVERTISEMENT

# # #


एसपी पौडेलका अनुसार बिहीबार हत्या गरिएका तामाङको पाँचखाल नगरपालिका १० स्थित बिपी राजमार्गको भित्री सडकमा शव फेला परेको थियो। उनको नचिनिने अवस्थामा टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट पटक समेत भेटिएको थियो ।

प्रहरीका अनुसार दुबैले पैसाको लोभमा हत्या गरेको स्वीकार गरेका छन्। उनीहरुलाईं कर्तव्य ज्यानमुद्दामा अनुसन्धान अघि बढाईंएको पौडेलले जानकारी दिएका छन् ।