विराटनगर – प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकामा १४ दिनको लागि लकडाउन जारी गरिएको छ । शुक्रबार (आज) राति १२ बजेदेखि लागू हुने गरी विराटनगरमा दुई साताको लागि लकडाउन गरिएको हो ।


ADVERTISEMENT


नगरस्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको शुक्रबारको बैठकले समुदायस्तरमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको निष्कर्षसहित १४ दिन लकडाउन गर्ने महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए । महानगरपालिकाले अत्यावश्यक बाहेक अन्य कामका लागि बाहिर निस्कन बन्देज लगाउने भएको छ ।


ADVERTISEMENT

# # #


विराटनगर महानगरपालिकामा कोरोना संक्रमितको संख्या सय नाघेको छ । शुक्रबार थप १० जनामा संक्रमण पुष्टि भएसँगै विराटनगरमा संक्रमितको संख्या १ सय ७ पुगेको हो।