काठमाडौं – पछिल्लो २४ घण्टामा थप २१० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १९ हजार २७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


पछिल्लो २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा ६ हजार ३७ जनाको पीसीआर टेस्ट भएको छ । हाल क्वारेन्टिनमा १४ हजार ४७१ जना रहेका छन् भने ५ हजार ३६० जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् ।


ADVERTISEMENT

# # #


कुल संक्रमित मध्ये ४९ जनाको मृत्यु भएको छ । हालसम्म १४ हजार २१ जना निको भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यो कुल संक्रमितको ७२.७ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा १४६ जना निको भएका छन् ।