काठमाडौँ – नेपाली युवा क्रिकेट स्टार सन्दीप लामिछाने टी–२० फ्रेन्चाइज्ड क्रिकेट प्रतियोगिता क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने पक्का भएको छ ।


ADVERTISEMENT


आठौँ संस्करणको सीपीएलमा सहभागिता जनाउन सन्दीप भोलि (बिहीबार) क्यारेबियन उड्ने सन्दीपका व्यवस्थापक रमन शिवाकोटीले पुष्टि गरेका छन् । उनका अनुसार सन्दीप कोरियन एयरको चार्टड उडानमार्फत बिहीबार बिहान १० बजे त्यसतर्फ प्रस्थान गर्दैछन् । त्यसतर्फ प्रस्थान गर्दैछन् । उनी अमेरिका हुँदै अगस्ट १ मा क्यारेबियन पुग्नेछन् ।


ADVERTISEMENT

# # #


प्रतियोगिता सुरु हुनुअघि १४ दिन क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने भएकाले आयोजकले सम्पूर्ण खेलाडीलाई अगस्ट १ भित्र आइपुग्न भनेको थियो । तर, नेपाल सरकारले अन्तर्राष्टिय उडान भदौ १ गतेदेखि मात्रै खोल्ने निर्णय गरेपिछ सन्दीप जाने वा नजाने अन्योल भएको थियो । त्यसपछि सन्दीपको टिमले उनको उडानका लागि व्यवस्था गर्न खेलकुद र पर्यटन मन्त्रालयमा समेत पुगेर समस्या राखको थियो । दुबै मन्त्रालले त्यसमा सकारात्मकता देखाएका थिए ।

अन्नतः चार्टड विमानमार्फत सन्दीप क्यारेबियन उड्ने भएका हुन् । यसअघि उनले कोरोना परीक्षण समेत गराएका छन् । सन्दीप लगातार तेस्रो पटक सीपीएल खेल्दैछन् । उनी यस सिजनमा जमाइका तल्ह्वाजमा ‘मार्की खेलाडी’को रुपमा अनुबन्ध भएका छन् । सन्दीपलाई किन्न जमाइकाले १ लाख ३० हजार अमेरिकी डलर (डेढ करोड भन्दा माथि नेपाली रुपैयाँ) खर्च गरेको छ ।

सन्दीपको टिममा वेष्टइण्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेल, पाकिस्तानका आसिफ अलि, न्यूजिल्याण्डका ग्लेन फ्लिप्स जस्ता चर्चित खेलाडी रहेका छन् । जमाइकाको कप्तान रोभमेन पावेल हुन् ।

अगामी अगस्त १८ देखि सेप्टेम्बर १० तारिखसम्म सञ्चालन हुने सिपिएल दर्शक बिना रंगशालामा खेलाइनेछ । सिपिएलको यस अघिका संस्करण विभिन्न खेल मैदानमा खेलाइँदै आएकामा यसपाली भने ट्रिनिडाड एण्ड टोबागोको दुई मैदानमा खेलाउन त्यहाँको सरकारले अनुमति दिएको छ । सिपिएलमा भाग लिने खेलाडीको प्रतियोगिता अघि कोरोना संक्रमित भए नभएको परिक्षण गरिने आयोजकले जनाएको छ ।

यसअघि सन्दीपले पहिलो पटक सीपीएलमा क्रिस गेलको कप्तानीमा रहेको एसटी किट्स एन्ड नेभिस प्याट्रियट्स, दोस्रो पटक (अघिल्लो वर्ष) जासन होल्डरको कप्तानीमा रहेको बर्बाडस ट्राइडेन्सबाट पनि खेलिसकेका छन् । बर्बाडसले उपाधी समेत जितेको थियो । यद्यपी सन्दीप राष्ट्रिय जिम्मेवारीका कारण फाइनलमा अनुपस्थित भएका थिए ।

पहिलो पटक प्याट्रियट्समा ५ लाख ४० हजार डलरमा अनुबन्धित भएका सन्दीप दोस्रो पटक ट्राइडेन्समा ७० हजार डलरमा अनुबन्धित भएका थिए । तेस्रो पटक भने सन्दीपले आफ्नो मूल्य नै ९० हजार अमेरिकी डलर तोकेका थिए ।