काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबार रु १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत सोमबार ट्रेजरी बिल बिक्री हुन लागेको जनाएको हो । ट्रेजरी बिल बोलकबोलको प्रक्रियाबाट बिक्री गरिनेछ ।


ADVERTISEMENT


कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको सो ट्रेजरी बिल आगामी कात्तिक ११ गते परिपक्व हुनेछ । यसअघि बैंकले यही साउन ५ गते पनि रु पाँच अर्ब २० करोड बराबरको टे«जरी बिल बिक्री गरेको थियो ।


ADVERTISEMENT

# # #