काठमाडौं-  अमेरिकी सरकारले कोरोना भाइरस संक्रमणका कारण रोजगारी गुमाएकाहरुका लागि प्रदान गर्दै आएको बेरोजगार एवं महामारी विशेष सहायता रोक्ने तयारी गरेको छ । अमेरिकी सरकारले उनीहरुलाई ६ सय डलर प्रदान गर्दै आएको थियो ।


ADVERTISEMENT


सो सहायता यही जुलाई ३१ बाट अन्त्य गरिन लागेको हवाइट हाउसकी प्रवत्ता न्यान्सी पोलिसीले बताउनुभयो । गत अप्रिलको पहिलो सातादेखि महामारी विशेष सहायता बापद साप्ताहिक रुपमा ६ सय डलर प्रदान गरिँदै आएको थियो । तर पहिलेदेखि नै बेरोजगारहरुले पाउँदै आएको बेरोजगारी बिमा रकम भने कटौती हुनेछैन ।


ADVERTISEMENT

# # #


बेरोजगारहरुलाई दिँदै आएको यो विशेष सहायता लम्बाउनुपर्नेमा डेमोक्रेटिक हरुले जोड दिएपनि रिपब्लिनहरु भने सहायता वितरणको अवधि लम्ब्याउँदा कामदारहरु काममा फर्कन नचाहेने समस्या आउने भन्दै यसको विपक्षमा रहेका छन् ।