काठमाडौँ – पत्नी हत्याको अभियोगमा दोषी ठहर भइ डिल्लीबजार कारागारमा रहेका पूर्वडीआईजी रन्जन कोइराला जेलमुक्त भएका छन् । ८ वर्ष जेल बसेर कोइराला बिहीबार बिहान डिल्लीबजार कारागारबाट बाहिरिएका हुन् ।


ADVERTISEMENT


गत असार १५ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले यसअघिको सर्वस्वसहित जन्मकैदको फैसला उल्ट्याउँदै कैद कोइरालाको कैद मिनहा गरेको थियो ।


ADVERTISEMENT

# # #


कोइराला पत्नी गीता ढकालको हत्या गरेको अभियोगमा दोषी ठहर भएका थिए । उनी मकवानपुरको टिस्टुङ पालुङमा हत्या गरी जलाएर फर्किँदै गर्दा काठमाडौंबाट पक्राउ परेका थिए । श्रीमतीको हत्या गरी शवसमेत नष्ट गरेका तत्कालीन डीआईजी रञ्जन कोइरालालाई जन्मकैद हुने सजाय घटाएर सर्वोच्च अदालतले साढे आठ वर्ष मात्रै कैद सजाय सुनाएको हो ।

सर्वोच्चको फैसलासँगै कोइराला बिहीबार कैदमुक्त भएका हुन् ।