काठमाडौं –  सरकार र विश्व बैंकबीच ५४ अर्ब रुपैयाँ बराबरको सडक सहयोग आयोजना सम्बन्धी सम्झौतामा  हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि निर्देशक फारिस हादाद जर्भोसले ४५ करोड अमेरिकी डलर बराबरको सम्झौतामा हस्ताक्षर गरेका हुन् ।


ADVERTISEMENT


 

हस्ताक्षर समारोहमा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा आर्थिक वृद्धि गर्न, राष्ट्रिय र क्षेत्रीय आर्थिक एकीकरणलाई तीव्रता दिन र दिगो विकासका लक्ष्यहरुलाई प्राप्त गर्न आयोजना सहयोगी हुने बताए ।


ADVERTISEMENT

# # #


 

विश्व बैंकका निर्देशक जर्भोसले कोरोना भाइरस संकटका बाबजुद आर्थिक पुनरुत्थान गर्न नेपाल सरकारको प्रयासलाई आयोजनाले सघाउने विश्वास ब्यक्त गरे ।

 

विश्व बैंकले कोरोनापछि नेपालमा आर्थिक गतिविधिलाई बढवा दिन सडक सहयोग आयोजना अन्तर्गत सो सहयोग उपलब्ध गराएको हो । सहयोग रकम थानकोट मुग्लिन, कञ्चनपुर ढल्केबर पथलैया सढक सुधार कार्यक्रम र व्यापार सहजीकरण आयोजनामा यो रकम परिचालन हुने अर्थ मन्त्रालयले जनाएको छ ।