काठमाडौं । कुनैपनि निर्बाचन अघिको परिदृष्यले रणनीतिक सन्देश र प्रभाब दर्शाईरहेको हुन्छ । यस्तै, नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचन संघारमा आईरहँदा बरिष्ठ उपाध्यक्षका उमेद्वार चन्द्र ढकालको समुहले मनाएको एक जन्म दिन उत्सवले महासंघमा जितको शंखघोष गरेको छ । हालका उपाध्यक्ष समेत रहेका ढकालको समुहलाई नेतृत्व गरिरहेका महासंघका पूर्ब अध्यक्ष चण्डीराज ढकालको जन्मदिनमा बिहिबार देखिएको उत्सबले महासंघको राजनीतिमा गतिलो सन्देश सहित गहकिलो प्रभाव प्रस्तुत गरेको हो ।


ADVERTISEMENT


महासंघमा कुन समुहले एकतालाई मजबुत बनाउँदै शक्तिलाई केन्द्रीकृत गर्ने भन्ने चुनौतिका बीच पूर्वअध्यक्ष ढकालको जन्म दिनमा काटिएको “केकु’ ले जितको सुनिश्चिततामा दाबी गर्दै गर्दै अर्को समुहका लागि मनोबैज्ञानिक रूपमा दवाबमा राखेको जिल्ला नगरका सदस्यहरूको ठम्याई छ ।


ADVERTISEMENT

# # #


“चण्डि दाईको जन्मदिन एक संयोग हो, बास्तवमा हामीले चन्द्र ढकालको समुहलाई बिजयउत्सव सम्म पूर्याउने प्रणका साथ केक काटेका छौं” महासंघका एक पदाधिकारीले भने “सबैलाई एकत्रित गर्दै यो समूह महासंघको नेतृत्वमा अब्बल, सक्षम र एकताबद्ध बन्दै निर्बिकल्प रूपमा अघि बढिरहेको प्रमाण समेत हो यो ।”

सो अवसरमा बरिष्ठ उपाध्यक्षका उमेद्वार चन्द्र ढकाल तथा बस्तुगतका पदाधिकारीहरू उमेश श्रेष्ठ, निरक केसी लगायत महासंघका प्रभावशाली ब्यक्तित्वहरू भाष्करराज कर्णीकार, डिल्लि बस्नेत लगायतको उपस्थिति रहेको थियो । यस्तै, रामचन्द्र सघाई,भरत आचार्य, अजित बस्नेत, आकास अधिकारी, कृष्ण वैद्य लगायत समेत ढकालको जन्म दिनमा भेला भएका थिए । उनीहरूले सो अवसरमा चन्द्र ढकालको समुहको एकता र शक्ति मजबुत रहेको जबरजस्त सन्देश दिएका छन् ।

ढकालको जन्म दिनका अबसरमा बस्तुगतका अधिकांस उमेद्वारहरू, पदाधिकारीहरू, स्थायी समितिका सदस्यहरू, तथा जिल्ला नगरका सदस्यहरूको गहकिलो उपस्थितिले महासंघको आसन्न निर्वाचनको प्रभाव पार्ने र आफ्नो पक्षमा परिणाम ल्याउने गरि रणनीति समेत तय गरेको खुलासा भएको छ ।

पूर्वअध्यक्ष ढकालको ‘सर्पराईज’ बर्थ डे सेलिब्रेसनु ढकाल समुहको गज्जवको शक्ति प्रदर्शन भएको भन्दै प्रतिस्पर्धी समुहलाई रणनीतिक रूपमा गलाउँदै आसन्न निर्वाचन जित्नका लागि गरिएको चाणक्य अभ्यासका रूपमा महासंघमा चर्चा छ ।