काठमाडौं –  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको सहमति अनुसार पटक–पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक आज बस्दैछ । स्थायी कमिटी बैठकबाट विवादको टुंगो नलागेपछि केन्द्रीय समिति बैठक बोलाउने गरी लामो पटक पटक स्थगित बैठक आजका लागि बोलाइएको हो ।


ADVERTISEMENT


 

आजको स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठकको मिति टुंगो लगाउने र एक महिनाभित्र बैठक आयोजना गर्ने तयारी नेकपाको छ । केन्द्रीय समिति बैठक आयोजना गर्ने सहमति भएपछि आज स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामाको औपचारिक प्रस्ताव नल्याउने तयारी पुष्पकमल दाहाल–माधव नेपाल समूहको भेलाले गरेको छ ।


ADVERTISEMENT

# # #


 

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा माधव नेपाल सहित तीन शीर्ष नेताको छलफलमा केन्द्रीय समिति बैठक बोलाउने सहमति जुटेको हो । अध्यक्षद्वय ओली र दाहालबीच भएका श्रृंखलावद्ध छलफल सहमतिमा पुग्न नसकेपछि बिहीबार वरिष्ठ नेता नेपाल सहित तीन नेताबीच भेटवार्ता भएको थियो ।