काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदनमा एनएफआरएस प्रणालीमार्फत् वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरुलाई प्रदान गर्दै आएको विभिन्न विधाहरुमध्ये वित्तीय क्षेत्रतर्फ आर्थिक वर्ष २०७५र०७६ को लागि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार मुक्तिनाथ विकास बैंकले प्राप्त गरेको छ ।


ADVERTISEMENT


नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले ‘उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार’ विभिन्न ५ विधामा प्रस्तुत गरेको थियो । विधाहरुमा बैंकिङ क्षेत्र, वित्तीय क्षेत्र, बिमा क्षेत्र, सार्वजनिक क्षेत्र ईकाइ र सामान्य क्षेत्र रहेका छन् ।


ADVERTISEMENT

# # #


विकास बैंक र वित्त कम्पनीहरु मध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको सर्वोकृष्ट पुरस्कार प्राप्त गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले संस्थाको नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको सपथ ग्रहण समारोहमा उक्त पुरस्कार प्रदान गरेको थियो । उक्त समारोहका विशेष अतिथि महालेखा परीक्षक टंकमणि शर्मा दंगालले मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युम्न पोखरेललाई पुरस्कार हस्तान्तरण गरेका थिए ।

बैंकिङ क्षेत्रमा उक्त पुरस्कारलाई अति प्रतिष्ठित पुरस्कार मानिने गरिएको छ । मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३६ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ ।