काठमाडौं –  साउदी अरबले म्याद सकिएका आवासीय भिसाको समय तीन महिना थपिदिएको छ । यसले आवासीय भिसाको म्याद समाप्त भएका कामदार साउदी अरबमा गैरकानुनी हैसियतको हुनबाट जोगिएका छन् ।


ADVERTISEMENT


 

साउदी अरबले विदेशी कामदारको भिसाको म्याद स्वतः तीन महिना थप गर्ने निर्णय गरेको छ । साउदी अरबको राहदानी विभागका अनुसार अब कामदार वा रोजगारदाताले थप शुल्क नबुझाई कुनै पनि भिसाको समय थप हुने छ । त्यसका लागि राहदानी विभागमा गई निवेदन समेत दिनुनपर्ने व्यवस्था गरिएको छ । यसले साउदी अरबमा रहेका र घर विदामा नेपाल आएका कामदारहरुलाई राहत हुने छ ।


ADVERTISEMENT

# # #


 

विदामा नेपालमा आएका कामदारको पनि भिसाको म्याद आफैं थपिएको छ । नेपालमा रहँदा भिसाको म्याद समाप्त भए पनि हवाई उडान खुलेपछि उनीहरुले सोही भिसालाई प्रयोग गरी रोजगारीका लागि साउदी अरब जान पाउने छन् ।  भिसाको म्याद समाप्त भएकाहरुको  हैसियत के हुने भन्ने सयौं नेपालीको चिन्ता साउदी सरकारको पछिल्लो निर्णयले समाप्त गरेको साउदी अरबका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले बताए ।