काठमाडौं – पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल ६११४ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा देशभरका २६ वटा प्रयोगशालामा ५ हजार ९० जनाको पीसीआर टेस्ट भएको छ ।


ADVERTISEMENT

# # #


हाल क्वारेन्टिनमा २४ हजार ५२७ जना रहेका छन् भने ६ हजार ११३ जना आइशोलेसनमा रहेका छन् । कुल संक्रमित मध्ये ३९ जनाको मृत्यु भएको छ । आज मात्रै एक जनाको कोरोनाबाट मृत्यु भएको छ ।

हालसम्म ११ हजार २५ जना निको भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । उनका अनुसार यो कुल संक्रमितको ६४.०२ प्रतिशत हो । पछिल्लो २४ घण्टामा ६९७ जना निको भएका छन् ।