काठमाडौं – पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ ।


ADVERTISEMENT

# # #


कुल संक्रमित मध्ये ३५ जनाको मृत्यु भएको छ भने ७८९१जना निको भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । उनका अनुसार पछिल्लो २४ घण्टामा १३९ जना डिस्चार्ज भएका छन् ।

नेपालमा आजसम्म २५ वटा प्रयोगशालाबाट २ लाख ५४ हजार ६१४ जनाको पीसीआर परीक्षण गरिएको छ । ८ हजार ६०५ जना आइशोलेसनमा रहेका छन् भने २४ हजार ४२५ जना क्वारेन्टिनमा रहेको प्रवक्ता डा. गौतमले बताए ।