काठमाडौँ – नेपाल प्रहरीको महानिरीक्षक (आइजी)मा शैलेश थापा क्षेत्री नियुक्त भएका छन् । मंगलबार बसेको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले एआइजी थापालाई महानिरीक्षक बनाउने निर्णय गरेको हो ।


ADVERTISEMENT


२८ औँ आइजी बनेका थापाले झण्डै २ वर्ष अर्थात् २०७९ बैशाख १८ गतेसम्म नेपाल प्रहरीको नेतृत्व गर्नेछन् । उनी २०४९ साल बैशाख १८ गते नेपाल प्रहरीमा भर्ना भएका थिए । प्रहरीको आइजीको दौडमा थापासँगै एआइजी हरिबहादुर पाल पनि रहेका थिए ।


ADVERTISEMENT

# # #


वर्तमान प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली ३० वर्षे सेवाहदका कारण भोलि (बुधबार) मध्यरात देखि रिटायर्ड हुँदैछन् । फागुन २८ गते सरकारले ज्ञवालीलाई २७ औं महानिरीक्षमा नियुक्त गरेको थियो ।