जनकपुर – जनकपुरधाम उपमहानगरपालिकाकी तीन दिनअघि बेपत्ता भएकी एक बालिका आज मृतावस्थामा फेला परेकी छिन् ।


ADVERTISEMENT


वडा नं २१ को कुर्था बस्ने विनोद पजियारकी छोरी ११ वर्षीया कञ्चन बुधवारदेखि हराएपछि आज आफ्नो घरभन्दा एक किलोमिटर टाढा दूधमति नदीको किनारमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


ADVERTISEMENT

# # #


उनी बुधवार बिहान ११ः०० बजे भैंसी चराउन निस्केपछि घर नफर्केको जनाइएको छ । उनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइएको छ ।