काठमाडौं ।  नेपाल डेभलपमेन्ट बैंकर्स एशोसियनका अध्यक्ष गोबिन्द ढकालले बैंक तथा वित्तीय संस्था बच्ने किसिमले राष्ट्र बैंकले मौद्रिक नीति ल्याउनु पर्ने बताएका छन् । सोका लागि आर्थिक वृद्धिदर ७ प्रतिशत र मुद्रास्फिती ७ प्रतिशतमै कायम राख्ने लक्ष्यसहित मौद्रिक नीति ल्याउनुपर्नेमा उनको जोड छ ।


ADVERTISEMENT


गरिमा विकास बैंकका सीइओ समेत रहेका ढकालले नेपाल राष्ट्र बैंकले लकडाउनका कारण बैक, वित्त संस्था र उद्योग व्यवसायहरुमा नराम्रो प्रभाव परेको भन्दै राज्यले यो बिषयलाई प्राथमिकताका साथ समाधानमा ध्यान दिनु पर्ने समेत हुन् । राष्ट्र बैंकले तरलताको समस्यालाई समेत सम्बोधन गर्नेगरी मौद्रिक नीतिमा व्यवस्था गर्नुपर्नेमा उनको जोड रहेको हो ।
गरिमा विकास बैंकले नेपाल राष्ट्र बैंकले दिएको ब्याज छुट बाहेक हायर पर्चेज कर्जाको साँवा तिरेको खण्डमा एक महिनाको पूरै ब्याज छुट दिने निर्णय गरेको सीईओ ढकालले जानकारी समेत दिएका छन् ।


ADVERTISEMENT

# # #


गरिमा विकास बैंक लगायत अन्य बैंकहरुले समेत ग्राहकहरुको समस्या बुझेर सहुलियत दिईरहेको बताउँदै राष्ट्र बैंकले समेत बैंक तथा वित्तीय संस्था र उद्योगी व्यवसायी दुबैलाई हुने गरी सम्बोधन गर्नुपर्ने मत राखेका छन् ।