काठमाडौं –   सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको आन्तरिक कलह बढ्दै जाँदा स्थायी कमिटी बैठक बाहिर छलफल र भेला बढ्न थालेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली पक्षका नेताहरूलाई खुमलटार बोलाएर परामर्श गरिरहेको स्रोतले बतायो ।


ADVERTISEMENT


बिहीबार  बिहानै रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल सहितका नेता खुमलटार पुगेका छन् । संसदीय दलका उपनेता सुवास नेम्वाङसहितका नेता पनि जाने क्रम जारी रहेको एक नेताले जानकारी दिए ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय दिएका अभिव्यक्ति गैरजिम्मेवारपूर्ण भएको भन्दै स्थायी समिति बैठकमै राजीनामा माग भएपछि नेकपाको कलह सतहमा देखिएको हो ।