– युवा राजनीतिक विश्लेषक वाशु नेपाल
आफ्ना सहयोगीले सधैं एउटै पोशाक लगाएर आएको देखेपछी राजाले सोधेछन-तिमीसंग अर्को पोशाक छैन ?
हजुर छैन। तर यसैले काम चलेकै छ नि मलाई !


ADVERTISEMENT


सहयोगीको कुरा सुनेपछी राजाले तत्काल दुइजोर पोशाक तथा जुत्ताको व्यवस्था गरिदिए। भोलिपल्ट आफुसंग ती जुत्ता तथा कपडा राख्ने सन्दुक नभएको र मुसाले काट्ने वा चोरी हुने संभावना रहेकोले सहयोगीले राजासँग सन्दुकको व्यवस्था गरिदिन आग्रह गरे। सन्दुक लिएर गएपछी उनलाई झन चिन्ता बढ्यो।चोरले सन्दुक नै उठाएर लग्यो भने त झन बेहाल हुन्छ। उनले चिन्तित हुँदै राजासामु आफ्नो समस्या बताएपछि सन्दुक तथा आफ्ना परिवारहरुसमेत राख्न राजाले घरको प्रबन्ध गरिदिए।


ADVERTISEMENT

# # #


समय बित्दै गयो। एकातिर उसको व्यक्तिगत लोभ, लालच वृद्धि हुँदै गयो भने अर्कोतिर परिवार ठूलो भएर उक्त घरले थेग्न नसक्ने भयो। उनले पुनः राजासामु परिवार बढेको तथा घर पनि क्षीण हुँदै गएकोले आफुलाई सपरिवार दरवारमै बस्ने व्यवस्था मिलाईदिन आग्रह गरे। मनकारी राजाले सहयोगीका परिवारका सबै सदस्यहरुलाई आफ्नो परिवार बसिरहेको दरबारमा भित्र्याए। हुनत उनी तीसौं बर्सदेखी आफ्नो परिवारको नेतृत्व गरेको तथा राजपरिवारकै सहयोगमा गाँउको मुखिया समेत भैइसकेका थिए।

अब राजाको मान, मर्यादा, दरवारमा राजपरिवारको इज्जवत अनि उनले गरेका जनपृय र लोकपृय कामहरु नजिकबाट देखिरहेका सहयोगीलाई पनि एकपटक राजा हुने इच्छा जागेर आयो र भने- हजुरले यतिका बर्स शासन गर्नुभो, अब छोड्नुस केही समय म चलाउछु। हो, ठ्याक्कै यही प्रसंगसंग मेल खान्छ नेकपाभित्रको विवाद र सरकार परिवर्तनको किंचलो।

भेडा भेडासित, बाख्रा बाख्रासित भन्ने उक्ति तपाई हामी सबैले सुनेकै हुनुपर्छ । झट्ट हेर्दा उस्तै उस्तै देखिने भेडा र बाख्रा हुन या गधा र घोडा, अन्ततः आफ्नो असलीयत प्रकट गरेरै छाड्छन। बिरालोलाई डोकोले जतिसुकै छोपेपनी आखिर उसले गर्ने म्याउ नै हो। यस प्रसंग लाई हालै बिकशित राजनीतिक उत्तरचढाव, खिचातानी र शक्ति संघर्षको लज्जास्पद मंथनसंग दाँजेर हेर्न सकिन्छ। जडसुत्रवादी उग्रवामपन्थवादबाट पूर्ण स्खिलत र क्षयीकरण भैसकेको अवस्थामा मध्यमपन्थी वामपन्थवादको बहुदलीय जनवादलाई आत्मसात गरेर बैचारिक बिलय भएको नीजी बिचारहिन भौतिक शक्तिमा कहिलेकाही नाईटमेयर देखा पर्नु कुनै अनौठो होइन। यो एक ह्याङओभर हो। माथी उल्लेख गरिएका सहयोगीको झै आशक्त्तिको पराकाष्ठा हो।

जननेता मदन भण्डारीको ६९ औं जन्म जयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा  भारतले आफ्नो सरकार ढाल्न हदैसम्मको प्रयास गरिरहेको र पार्टीकै नेताहरूको समेत साथ रहेकोू भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिबाट सृजित विवाद बताईए पनि यो वास्तवमा सरकारले नक्शा जारी गरेपछिको आन्तरिक राजनैतिक अवस्था, मुठ्ठीभर नेताहरूको सत्ताविहिनताको छट्पटी र तीब्र भारतीय हस्तक्षेप नै प्रमुख कारण हुन। बृटिश साम्राज्यवादबाट सन १९४५ मा भारत स्वतन्त्र भएपश्चात नै उसले निरन्तर नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो राख्ने र हस्तक्षेप गर्दै आईरहेको छ।

नेपालका राजनितीक दल र सरकारलाई आफुअनुकूल चलाउनु, प्रयोग गर्नु र यहाँको अथाह प्राकृतिक स्रोत साधनको दोहन गर्नु र त्यसमाथि आफ्नो प्रभुत्व कायम राख्नु भारतको अभीष्ट रहिआएको छ। उसको इच्छाविपरीत संविधान जारी हुँदा भारतीय नाकाबन्दी खेपेका हामी सबैले उसको नाङ्गो नाच देखेकै छौं।यसरी नै करीब छ दशकदेखि अतिक्रमित भूमि समेटेर नक्सा जारी गर्नु र प्रमाण संकलनको लागि बिज्ञ टोली गठन गर्नु भारतको लागि मुख्य टाउको दुखाईको विषय हो।

रास्टृयताको सवालमा इतिहासमै पहिलोपटक संसदबाट भारतीय विस्तारवादको विरुद्ध गर्विलो र दर्विलो आवाज बुलन्द पार्ने प्रधानमन्त्री ओलीलाई जसरी पनि गलहत्याएर आफ्ना भजनमण्डलीका नाईकेलाई बिराजमान गराउनु भारतको पछिल्लो एकमात्र उद्देश्य रहेको छ।

उतिबेला नाकाबन्दीको डटेर सामना गरेका प्रधानमन्त्री ओलीले चीनसंग गरेका व्यपार तथा पारवहन सन्धि , समुद्रको प्रयोग गरेर भुपरिवेस्टित मुलुकले व्यपार गर्न पाउने अधिकार, विद्द्युत प्रसारण लाईन, पेट्रोलियम पाईपलाईन साथै दर्जनौ खानी तथा भुगर्भ सम्बन्धि उत्खनन तथा अन्वेषण गर्ने , चिनको लगानीमा झपामा औद्योगिक पार्क निर्माण गर्ने लगायतका महत्त्वपूर्ण विसयमा चीनसँग सम्झौता गरिनु त झन भारतको लागि माईग्रेन हेडेक बनेको थियो। यसर्थ अघिल्लोपटक पनि ओली सरकार ढाल्न आफ्ना दलाललाई प्रयोग गरेर खप्पिस भैसकेको भारतले पुनः तीनै दलालका नाईकेहरुलाई प्रयोग गरिनु कुनै अनौठो होइन किनभने हिजोपनी लोकप्रिय प्रधानमन्त्री मनमोहन अधिकारीलाई भारतीय विस्तारवादकै आग्यापालकको हैसियतले कांग्रेसले अस्पतालको बेडबाटै राजीनामा दिन बाध्य पारेको इतिहास साक्षी छ ।

तसर्थ अब हामी सचेत नागरिकले कित्ताकाट गर्ने बेला आएको छ। राजनैतिक-सामाजिक तथा आन्तरिक स्वतन्त्रताको लडाइँ लडेर अभ्यस्त भएका नेपालीले एकपटक राष्ट्रियताको सवालमा आफूलाई अबिचलित योद्धाको रुपमा प्रस्तुत गर्नुपर्ने अवस्था छ। हामीले आशा गरेको संवृद्द नेपाल, सुखी नेपालीको सपना साकार पार्न स्थायी सरकारले मात्र सक्दछ। पटक पटक सरकारको नेतृत्वमा असफल भैसकेकाहरु तथा डेढ दशकदेखि तीन दशकसम्म पार्टीको नेतृत्वमा रहेर पनि अझै पदलोलुपतामा आशक्त्ती जनाउने तर माखो मार्न नसक्ने बिचारस्खलित पंक्तिबाट आशा गर्नु महाभूल हुनेछ। यसर्थ विकल्प बिनाको विकल्पको कुनै विकल्प छैन। सरकारको आत्मसमीक्ष्या गर्दै भए गरेको कमजोरी सच्याएर अझ दरिलो ढंगले निरंतरता दिइनु नै बिकल्प हो।

जीवनभर नेतृत्वमा रहिरहनुपर्ने मनोरोगबाट ग्रसित आउटडेटेड जमातबाट मुलुकले काँचुली फेर्छ भनी हात थापेर बस्नु झनठूलो मूर्खता हुनेछ। नेतृत्व हस्तान्तरण र पुस्तान्तरणलाई अबिलम्ब कार्यान्वयन गर्दै सबैले निजी स्वार्थ त्याग गरि अभिभावकीय भूमिकामा रहेमात्र संवृद्दिको सपना साकार हुनेछ ।