काठमाडौँ – नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा कार्यरत २५ जना कर्मचारीहरुको कोरोना विशेष बीमा गरिएको छ ।


ADVERTISEMENT


काँग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरुको स्वास्थ्यलाई दृष्टिगत गर्दै कोरोना विशेष बीमा गरिदिएका हुन् ।


ADVERTISEMENT

# # #


केन्द्रीय कार्यालयले सो कार्यका लागि नेता बस्नेतप्रति आभार व्यक्त गरेको पार्टी कार्यालयका सचिव प्रेम केसीले जनाएका छन् ।