काठमाडौँ – प्रतिनिधिसभा सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रकट गर्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले केन्द्रीय कार्यालमा रहेको पार्टीको झण्डा आधा झुकाउने भएको छ ।


ADVERTISEMENT


बुधबारका पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले छन्त्यालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उक्त निर्णय गरेको हो । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहिवार (भोली) पार्टी केन्द्रीय कार्यालय बन्द गर्नुका साथै केन्द्रीय कार्यालयमा पार्टीको झण्डा आधा झुकाइने छ ।


ADVERTISEMENT

# # #


यस्तै भोली पार्टीको कुनै पनि औपचारिक कार्यक्रम नगरिने केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरेको छ । बैठकमा छन्त्यालप्रति श्रद्धाञ्जली अर्पण गर्न १ मिनेट मौन धारण समेत गरिएको थियो ।

को हुन् सांसद छन्त्याल ?

नेपाली काँग्रेसबाट २०७४ सालको प्रतिधिनिसभा निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसद छन्त्यालको ६३ वर्षको उमेरमा आज बिहान निधन भएको थियो । सांसद छन्त्याल २०७० सालको संविधानसभा निर्वाचनमा बागलुङ क्षेत्र नं ३ बाट निर्वाचित भएकी थिइन् ।

सामाजिक एवं ग्रामीण विकासमा सक्रिय, प्रजातन्त्रिक र लोकतान्त्रिक आन्दोलनका योद्धा छन्त्यालको बाँसबारीस्थित शहिद गङ्गालाल हृदयरोग केन्द्रमा उपचारका क्रममा निधन भएको थियो ।

स्व. सांसद छन्त्यालको निधनमा आज प्रतिनिधिसभा र राष्ट्रियसभामा शोक प्रस्ताव पारित गरिएको थियो ।