काठमाडौं – कोरोना भाइरसका कारण अन्योलमा परेको १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । आशन्न महाधिवेशनसँगै सरकारविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्न आइतबार दिउँसो २ कांग्रेस पदाधिकारी बैठक बस्न लागेको हो ।


ADVERTISEMENT


कांंग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिउँसो २ बजे बस्ने पदाधिकारी बैठकका लागि आशन्न महाधिवेशन र सरकारका कामकारबाहीबारे समीक्षा गरेर आगामी रणनीति तय गर्ने विषय बस्तु नै मुख्य एजेण्डा तय गरिएको जानकारी दिए । महाधिवेशनको मिति तय भइसकेपनि कोरोना कहरका कारण तोकिएको मितिमा महाधिवेशन हुने/नहुने अनिश्चित भएपछि कांग्रेसले सो विषयमा छलफल गर्न लागेको हो ।


ADVERTISEMENT

# # #