भारत- चीन सीमा नजिक गल्वान उपत्यकामा जुन १५ मा २० भारतीय सैनिकको ज्यान जाने गरी भएको झडपमा आफ्ना दुई चिनियाँ सैन्य अधिकारी मारिएको खुलासा भएको छ।


ADVERTISEMENT


चीनले मारिनेमा एक कमान्डिङ अफिसर र बटालियनका अर्का अफिसर भएको स्वीकार गरेको छ।


ADVERTISEMENT

# # #


टाइम्स अफ इण्डियामा प्रकाशित समाचारमा चिनियाँ पक्षले यस हताहतीका बारेमा घटना लगत्तै भारतीय पक्षलाई जानकारी दिएको भएपनि हालै मात्र समाचार सार्वजनिक भएको उल्लेख छ।

घटनामा आफ्ना सैन्य अधिकारी मारिएको चीनको स्वीकारोक्तिलाई महत्वपूर्ण मानिएको छ। यसलाई सम्भवतः भियतनामसँग सन् १७७९ मा भएको युद्धपछि भएको पहिलो सैन्य हताहती भएको मानिएको छ।