भारत–चीनबीचको तनावलाई अमेरिकाले कसरी हेरिरहेको छ भन्ने विषयमा थुप्रैको निगरानी छ । तर पूरा विवादमा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र विदेशमन्त्री माइक पोम्पियोको बयान भारतका लागि खासै उत्साहजनक थिएन । तर बिहिबार माइक पोम्पियाले जे भने त्यसलाई निकै महत्व मानिएको छ ।


ADVERTISEMENT


माइक पोम्पियोले ब्रसेल्स फोरममा चीनको भारत र दक्षिण–पूर्वी एशियामा बढ्दो खतरालाई मध्यनजर गर्दै अमेरिकाले युरोपमा आफ्नो सेनाको संख्या कम गर्ने निर्णय गरेको जानकारी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले जर्मनीमा आफ्नो सेनाको संख्या घटाउने जानकारी दिएका थिए । राष्ट्रपति ट्रम्पको यो निर्णयमा युरोपेली युनियनले आफ्नो असन्तुष्टि पोखेका थिए ।


ADVERTISEMENT

# # #


पोम्पियोका अनुसार चिनियाँ पार्टीको कारवाही भारत, भियतनाम, इन्डोनेशिया, मलेशिया, फिलिपिन्स र दक्षिण चीन सागरका लागि खतरा हो । अमेरिकी विदेशमन्त्रीले भने, ‘चीनको पिपल्स लिबरेशन आर्मीको सामना गर्नका लागि तयार हुनुपर्ने कुरामा हामी सुनिश्चित हुन चाहन्छौं । मलाई लाग्छ कि हाम्रो समयको यहि चुनौती हो र हाम्रो तयारी पूरा छ कि छैन भन्ने कुरा हामी सुनिश्चित गर्न चाहन्छौं ।’

चीनको खतराः

अमेरिकी विदेशमन्त्रीले चीनबाट छिमेकी मुलुकलाई खतरा भएको र यसमा अमेरिकाले निगरानी गरिरहेको बताएका छन् । पोम्पियोका अनुसार अमेरिका चीनको खतराको विषयमा इयूसँग पनि कुराकानी गर्ने तयारीमा छ । अमेरिकी विदेशमन्त्रीले भारत–चीन सीमामा रक्तपातपूर्ण झडप, चीनको साउथ चाइना सीमा हस्तक्षेप र कथित रुपमा अरुलाई क्षती पुर्याउने चीनको आर्थिक नीतिमा खुलेर कुरा गरेका छन् ।

पोम्पियोले भने, ‘ट्रान्स अटलान्टिक अलायन्सले चीनको खतराको विषयमा साझा समझदारी बन्न मद्दत मिल्नेछ ।’

पोम्पियोले इयू र अमेरिकालाई चीनको खतराको विषयमा मिलेर काम गर्न आवश्यक भएको बताउँदै यसो गरे मिलेर कारवाही गर्न सकिने धारणा व्यक्त गरे । उनले यूरोपमाथि सधैं चीनको विषयमा उदार हुनेको आरोप लागिरहने बताए ।