पाल्पा — पाल्पाको पूर्वखोला गाउँपालिका–१, सिलुवाका ४५ वर्षीय पुरुषको जेठ २० गते निधनपछि शव व्यवस्थापनमा खटिएका दुई जना सैनिकमा कोरोना भाइरस संक्रमण देखिएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शव व्यवस्थापन कार्यविधिअनुसार खटिएका ३३ र ३६ वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।


ADVERTISEMENT

# # #


उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली सेनाको गोरखदल गणले जनाएको छ ।