काठमाडौं –  विभिन्न ४ मुलुकबाट अलपत्र परेका ७ सय ८८ जना नेपाली आज स्वदेश फर्कदैछन् । संयुक्त अरब इमिरेट्सबाट नेपाल एयरलाइन्स र एयर अरेबियाबाट ३ सय १६ जना आउँदैछन् ।


ADVERTISEMENT


त्यसबाहेक हिमालयन एयरलाइन्सले मलेसियाबाट १ सय ५७ र साउदी अरबबाट १ सय ५७ जना तथा कुवेतबाट जजिरा एयरले १ सय ५८ जनालाई काठमाडौं ल्याउदैछ । उनीहरु सबैलाई प्रदेश अनुसार काठमाडौं उपत्यकामा रहेका विभिन्न होल्डिङ सेन्टरमा राखिनेछ ।