काठमाण्डौ –  विश्वमा कोरोनाबाट सङ्क्रमित हुनेको संख्या ८२ लाख ६३ हजार नाघेको छ । अहिलेसम्म ८२ लाख ६३हजार ७ सय २४ जना सङ्क्रमित भएका वर्ल्डओमिटरले जनाएको छ । सङ्क्रमित भएकामध्ये ४३ लाख ८ हजार सय ९८ निको भएका छन् । सङ्क्रमणका कारण ४ लाख ४६ हजार १ सय २२ जनाको ज्यान गएको छ ।


ADVERTISEMENT


यस्तै भारतमा कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या ३ लाख ५४ हजार नाघेको छ । भारतमा ११ हजार ९ सय भन्दा धेरैको ज्यान गएको छ भने १ लाख ८७ हजार ५ सय ५२ जना निको भएका छन् ।


ADVERTISEMENT

# # #


विश्वभरमा सबैभन्दा धेरै सङ्क्रमित हुनेमध्ये २२ लाख ८ हजार ४ सयसहित अमेरिकामा पहिलो स्थानमा छ भने ९ लाख २८ हजार ८ सय ३४ सहित ब्राजिल दोस्रो तथा ५ लाख ४५ हजार ४ सय ५८ सहित रुस तेस्रो स्थानमा छन् ।

विश्वभरमा अहिले ३५ लाख ४ हजार २ सय ३१ जनाको उपचार भइरहेको र तीमध्ये ५४ हजार ५ सय ९३ सङ्क्रमितको अवस्था गम्भीर रहेको वर्ल्डओमिटरले जनाएको छ ।