रुकुमपश्चिम – गत जेठ १० गतेको सोती घटनामा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुतको कसुरमा मुद्दा लागेका दुई नाबालकलाई बालसुधारगृहमा पठाउन रुकुम अदालतले आदेश दिएको छ ।


ADVERTISEMENT


सोमबार भएको प्रतिवादीको बयान र थुनछेक बहसपछि जिल्ला न्यायाधीश विद्याराज पौडेलको इजलासले दुई बालबालिकालाई मुद्दा पुर्पक्षका लागि बालसुधार गृहमा पठाउन भनेको छ ।


ADVERTISEMENT

# # #


बालबालिकासम्बन्धी ऐन २०५५ को दफा २४ (२) बमोजिम दुवै प्रतिवादीलाई मुद्दा पुर्पक्षका लागि नजीकको बालसुधारगृहमा पठाउन आदेश भएको रुकुम अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए।