रुकुम (पश्चिम) – रुकुम(पश्चिम)को चौरजहारी नगरपालिकाले कोभिड–१९ भए नभएको पत्ता लगाउने भरपर्दो पिसिआर मेशिन खरीद गर्ने भएको छ । जिल्लामै व्यक्तिको थ्रोट स्वावमार्फत कोरोना जाँच गर्ने गरी नगरपालिकाले आरटी पिसिआर मेशिन खरीद प्रक्रिया अगाडि बढाएको छ ।


ADVERTISEMENT


नगरपालिकाले पिसिआर मेशिन सेटअप तथा रि–एजेन्ट खरीदसम्बन्धी सूचना प्रकाशन गरेको छ । तीन दिनभित्र आउने गरी प्रस्ताव आह्वान गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिए । उनका अनुसार एक साताभित्र सामान खरीद गर्ने गरी समय सीमा तोक्ने तयारी भइरहेको छ ।


ADVERTISEMENT

# # #


रु एक करोड ३५ लाख बजेटमा सामग्री खरीद गर्ने र प्रयोगशाला स्थापना गर्ने योजना रहेको केसीले बताए ।