काठमाडौं –   कोरोना भाइरसको संक्रमणका कारण विश्वभरमा ज्यान गुमाउनेको संख्या ४ लाख ३५ हजार ४९६पुगेको छ ।  संक्रमितको संख्या ७९ लाख ९० हजार १८१ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।


ADVERTISEMENT


चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हालसम्म विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । चीनमा करिब नियन्त्रणमा आइसके पनि विश्वका अन्य देशमा भने यो संक्रमण तिव्र गतिमा फैलिरहेको छ । अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको छ ।


ADVERTISEMENT

# # #


अमेरिकापछि सबैभन्दा धेरै ब्राजिल र क्रमशः रुस र भारतमा कोरोनाको संक्रमण फैलिएको छ । हाल ब्राजिल, मेक्सिको चिली, भारतलगायत देशमा कोरोनाको संक्रमण तिव्र गतिमा फैलिरहेको छ ।

लामो समयसम्म पनि सामाजिक दूरी कामय गर्दासमेत संक्रमण फैलिन नरोकिएपछि विश्वका अधिकांश देशले लकडाउन खुकुलो गर्दै गएका छन् । लकडाउन खुकुलो गरेपछि संक्रमण झन धेरै फैलिएको भन्दै यसमा पुनरविचार गर्न विश्व स्वास्थ्य संगठनले आग्रह गर्दै आएको छ ।