चितवन –   भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा आज थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुरको कोभिड १९ परीक्षण प्रयोगशालामा आइतबार गरिएको परीक्षणमा ७ जनामा कोरोना पुष्टि भएको हो ।


ADVERTISEMENT


भरतपुर अस्पतालका अनुसार संक्रमितमध्ये एक जना चितवनका रहेका छन् । भरतपुर महानगरपालिका १४ का ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । संक्रमित अन्य ६ जना बाहिरी जिल्लाका रहेका छन् ।
पौडेलका अनुसार नवलपुर वौदीकाली ४ का २० वर्षीय युवक, अर्घाखाँचीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT

# # #


अर्घाखाँचीको भूमिकास्थानका २० वर्षीय एक युवक र ३५ वर्षीय दुई पुरुषमा कोरोना पुष्टि भएको हो । नुवाकोटका एक बालक र एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

तारकेश्वर ५ नुवाकोटका ६ वर्षीय बालक र ३१ वर्षीय महिलामा कोरोना पुष्टि भएको हो । यस बाहेक आइतबार नै गरिएको परीक्षणमा अन्य ३७४ जनको रिपोर्ट भने नेगेटिभ आएको सूचना अधिकारी पौडेलले बताए ।

प्रतिकृया दिनुहोस