काठमाडौं –  कोरोना महामारिकाबीच चिलीका स्वास्थ्य मन्त्री खाएमे मान्यालिचले राजीनामा दिएका छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रणमा लिन प्रयास गरिरहेका चिलीका राष्ट्रपति सेबेस्टियन पिनयेराले स्वास्थ्यमन्त्रीको राजीनामाको घोषणा गरेका बीबीसीले जनाएको छ ।


ADVERTISEMENT


विपक्षी राजनीतिक दलहरुले यस अघि नै स्वास्थ्य मन्त्रीको राजीनामा माग गर्दै आएका थिए । उनीहरुको देशले झेलिरहेको कोरोना संक्रमणलाई तत्काल नियन्त्रणमा लिनुपर्ने माग गर्दै आएका छन् ।


ADVERTISEMENT

# # #


नयाँ स्वास्थ्य मन्त्रीमा एनरिक पेरी नियुक्त भएका छन् । उनले सरकारको आलोचना गरिरहेका विपक्षीको आवाज पनि सुन्ने बताएका छन् ।

चिलीमा कोरोना संक्रमणका कारण तीन हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । १ लाख ६७ हजारभन्दा धेरैमा संक्रमण देखिसकेको बीबीसीले जनाएको छ ।