काठमाडौं – समाजवादी पार्टीले सांसद सरिता गिरीलाई व्यक्तिगत रुपमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ ।


ADVERTISEMENT


बुधबार पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले विज्ञप्ति जारी गर्दै गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन् । पार्टीले सो प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनी समेत दिएको छ ।


ADVERTISEMENT

# # #


सांसद गिरीले बुधबार सिंहदरबारस्थित संसदि सचिवालयमा पुगेर संविधानको अनूसूचि ३ मा रहेको नेपालको निसान छापमा लिम्पयाधुरासहितको नेपालको नयाँ नक्सा अद्यावधिक गर्नका लागि गरिएको संविधान संशोधन विधेयक खारेजीको माग गर्दै संविधान संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । उनले आज विधेयक दर्ता गराएसँगै चौतर्फी आलोचना भएपछि पार्टीको संसदीय दलबाट उनलाई सो निर्देशन दिइएको हो ।

मंगलबार मात्रै संविधान संशोधनसम्बन्धी विषयमा सबै दलले सैद्धान्तिक सहमती जनाएका थिए । तर गिरीले भने एकल रुपमा संशोधन प्रस्ताव दर्ता गराएकी हुन् ।