काठमाडौं –  नेपालको संविधान (दोस्रो संशोधन) विधेयक ०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव आज प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले सो प्रस्ताव पेश गर्ने छन् ।


ADVERTISEMENT


संसद सचिवलयले मंगलबार विहान ११ बजेबाट शुरू हुने बैठकको सम्भावित कार्यसूचीमा सो प्रस्ताव समावेश गरेको छ ।


ADVERTISEMENT

# # #


संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छापभित्र रहेको नक्सालाई वास्तविक सीमाअनुसार मिलाउन संविधान संशोधन गर्न संशोधन प्रस्ताव दर्ता गरिएको थियो ।  भारतले अतिक्रमण गरेको नेपालको भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानीसमेत समेटेर नेपालको नयाँ नक्सा जारी भएपछि संविधान संशोधन गर्न लागिएको हो ।