मोरङ्ग । सशस्‍त्र प्रहरी बल नेपाल सुरक्षा बेश बाहुनीको आफ्नै भवन निर्माण भएको छ । नवनिर्मित भवनको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदी र सशस्‍त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनीका बाहिनीपति सशस्‍त्र प्रहरी नायव महानिरीक्षक नगेन्द्रबहादुर थापाले सोमबार संयुक्त रुपमा उद्घाटन गरे ।


ADVERTISEMENT


२९ चैत २०६३ मा स्थापना भएपनि सो सुरक्षा बेश लामो समयदेखि सुनसरी मोरङ्ग सिँचाई आयोजनाको पुरानो तथा जिर्ण भवनमा रहेको थियो । आम जनताको शान्ति सुरक्षाको खातिर खटिने सशस्‍त्र प्रहरी कर्मचारीहरु जिर्ण तथा पुरानो भवनमा बसी कार्य सम्पादन गर्दै आएको मर्मलाई स्थानीय जनताले बुझेर भवन निर्माण कार्यलाई अघि बढाएका थिए ।
जसअनुसार ४ फागुन २०६९ देखि ११ फागुनसम्म स्थानीय तारावीर कटुवालको अध्यक्षतामा सप्ताह महापुराण लगाई सुरक्षा बेश बाहुनीको नाममा १ करोड १६ लाख रुपैयाँबराबरको ११ कठ्ठा १२ धुर जमिन खरिद गरी स्थायी संरचना निर्माण प्रक्रिया अघि बढाइएको थियो ।


ADVERTISEMENT

# # #


सो भवन निर्माणको प्रतिवेदन प्रस्तुत गर्दै भवन निर्माण समितिका अध्यक्ष कटुवालले भवन निर्माणमा सहयोग पु‍र्याउने सबै सहयोगीदाताहरुको मुक्तकण्ठले प्रशंसा गरे ।

भवन निर्माणका लागि पूर्व श्रम राज्यमन्त्री दिलिप गच्छदारको संसद विकास कोषबाट २० लाख, प्रदेश नं. १ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री विजय विश्‍वासको संसद विकास कोषबाट १० लाख, बेलबारी नगरपालिकाबाट ३६ लाख, ग्रामथान गाँउपालिकाबाट ५ लाख, कानेपोखरी गाँउपालिकाबाट ५ लाख ५० हजार, बुद्ध एयर प्रा।लि।बाट। १० लाख, ब्यवसायी तथा समाजसेवी कमल गोयल र जय तामाङ्गबाट २८ लाख, जनसेवी तथा ब्यवसायी धनराज गजमेर र बालकुमारी गजमेरबाट २ लाख ५० हजार र स्थानीय जनसहयोगबाट। २१ लाख गरी २ करोड ६० लाख संकलन भएको थियो । त्यसबाट ब्यारेक भवन, बेशपति निवास, पाहुनाघर, शौचालय, प्रवेशद्वार, गोलघर, घेराबार, पुल, सेन्ट्री पोष्‍ट, गाडी ग्यारेज, ब्याडमिन्टन कोर्ट बनाइएको छ ।

कार्यक्रममा सशस्‍त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनीका बाहिनीपति सशस्‍त्र प्रहरी नायव महानिरीक्षक नगेन्द्र बहादुर थापाले सशस्‍त्र प्रहरी बल नेपालका राष्ट्रसेवकहरु यही समुदायबाट आएको तथा सशस्‍त्र प्रहरी बल नेपालबाट प्रदान गर्ने सेवा पनि यसै समुदायको लागि भएकाले नागरिक र फौजबीचको सम्बन्धको महत्व यस कार्यबाट प्रष्‍ट भएको बताए । उनले यस्ता सहयोगी व्यक्ति, संस्था र निकायहरुबाट भएका यस्ता प्रकारका असल निर्माण कार्यले संगठनलाई हौसला प्रदान गरेको बताए ।

उनले आगामी दिनमा समेत सशस्‍त्र प्रहरी बल नेपालले देशको विद्यमान कानून र जनभावनालाई कदर गर्दै आफ्नो क्षमता र योग्यताले भ्याएसम्म नेपाली जनताको सेवा तथा सुरक्षामा कर्तव्यनिष्ठ भई कार्य क्षेत्रमा खटिइने प्रतिवद्धतासहित नागरिक र फौजबीचको सम्बन्ध अझ सुमधुर होस भन्‍ने कामनाका साथ सम्पुर्ण सहयोगि हातहरुको मुक्तकण्ठले प्रशंसा गरे ।

कार्यक्रमममा बोल्दै बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले अहोरात्र जनताको सेवा तथा सुरक्षामा खटिने फौजहरुको लागि एउटा ब्यवस्थित आधुनिक ब्यारेकको निर्माण भएको र नागरिक तथा सशस्‍त्र प्रहरी बल नेपालबीचको यस प्रकारको सहकार्यबाट नै शान्ति सुरक्षा र अमन चयन कायम गर्ने उद्धेश्य पूरा गर्न सकिने विश्‍वास ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै नगर प्रमुख सुवेदीले सशस्‍त्र प्रहरी बल नेपाल नं. ३ गण हे.क्वा.कंकालिनी मोरङ्गका गणपति सशस्‍त्र प्रहरी उपरीक्षक नेत्रबहादुर कार्कीले जिल्लामा शान्ति सुरक्षाको ब्यवस्थापनमा पुर्याएको समन्वयकारी भूमिकाको साथै भवन निर्माण तथा ब्यवस्थापनमा पु‍र्याएको ब्यवस्थापकीय कार्य अतुलनीय रहेको बताए । उनले भवन निर्माणको क्रममा आफ्नो काधमा जिम्मेवारी लिई छोटो समयमा स्थानीय जनसमुदायको मन मष्तिष्क जिती भवन निर्माण कार्यलाई ब्यवस्थित गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेकोमा सुरक्षा बेशका बेशपति सशस्‍त्र प्रहरी निरीक्षक कमल बहादुर अधिकारीको प्रशंसा गरे ।