काठमाडौँ — सभामुख अग्निप्रसाद सापकोटाले रुकुम पश्चिममा भएको युवाहरुको हत्याबारे छानबिन गर्न संसदीय समिति गठन हुने बताएका छन् ।


ADVERTISEMENT


जेठ १० गते भएको रुकुम घटनामा ६ जना युवाहरूको हत्या भएको थियो । उक्त घटनामा दलित युवाहरूमाथि हमला गरिएको थियो । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख सापकोटाले उक्त घटनाको छानबिन गर्न संसदीय छानबिन समिति गठन हुने बताएका हुन् ।


ADVERTISEMENT

# # #


प्रतिपक्षी कांग्रेसका सांसदहरुले उक्त घटनाको छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठन गर्न माग गरेका थिए ।