काठमाडौँ – दैलेखमा एकैदिन ११३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् ।


ADVERTISEMENT


जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ५ जना महिला र १०९ जना पुरुषमा कोरोना पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


जुम्लामा गरिएको परीक्षणमा ५ महिला र १०१ जना पुरुष संक्रमित देखिएका छन् । जसमध्ये मुगुको खत्याड गाउँपालिका २ का २७ वर्षीय एक जना पुरुष रहेका छन् । मुगुमा पहिलोपटक कोरोना देखिएको हो । बाँकी संक्रमित सबै दैलेखका हुन् । जसमा नारायण नगरपालिकाका ५ वर्षीय बालिकादेखि ३२ वर्षसम्मका ५ जना महिला रहेका छन् भने ४ वर्षीय बालक देखि ५५ वर्षसम्मका ६४ जना पुरुष रहेका छन् ।

यस्तै दैलेखकै बास्कोट–९ का २० वर्षीय एक पुरुष, भगिनी–१० का १९ देखि ४४ वर्षसम्मका ५ जना पुरुष, देवलकाँडा–४ का १३ देखि २८ वर्षसम्मका १२ जना पुरुष, मानटाकुरा–४ का १७ देखि ३० वर्षसम्मका ७ जना पुरुष, साडु–९ का १८ र ५२ वर्षीय २ पुरुष, सोता–४ का १७ देखि ४० वर्षसम्मका ९ जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

यस्तै प्रादेशिक अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ८ जनाको पोजेटिभ देखिएको छ । उनीहरु सबै दैलेखका हुन् । जसमध्ये नारायण नगरपालिका–१० का २ देखि २४ वर्षसम्मका ३ जना पुरुष, नौमुले–१ का २१ र २३ वर्षीय २ जना पुरुष र नौमुले–२ का २१ देखि ३६ वर्षसम्मका ३ जना पुरुष रहेका छन् ।

यसरी कर्णालीमा कोरोना संक्रमितको संख्या ३८९ पुगेको छ । जसमध्ये १ को मृत्यु भइसकेको छ । बाँकी उपचाररत रहेका छन् ।