काठमाडौँ – अद्यावधिक विवरण अनुसार नेपालमा थप १३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा १३ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये पाल्पाको निस्दी गाउँपालिकाका १७ र ३६ वर्षीय २ जना पुरुष रहेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै गुल्मीको रेसुंगा नगरपालिकाका २६ वर्षीय पुरुष, रुपन्देहीको गैडहवा गाउँपालिकाका ३ वर्षीय बालिका र ५३ वर्षीय पुरुष, नवलपरासीको सरावल गाउँपालिकाका ६ वर्षीय बालक रहेका छन् । यस्तै कपिलवस्तुको मायादेवी गाउँपालिकाका १९, २१, २६, २६, २७, ३५ र ४० वर्षीय ७ जना पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

यससंगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ८११ पुगेको छ । यसअघि आज मात्रै २२६ जना नयाँ कोरोना संक्रमित थपिएका थिए । कुल संक्रमितमध्ये ८ जनाको मृत्यु भएको छ भने २२१ जना उपचारपछि निको भएका छन् । बाँकीको देशका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।