काठमाडौँ – सरकारले आगामी वर्षदेखि कक्षा ५ सम्म अध्ययन गर्ने सबै बालबालिकालाई दिवा खाजाको व्यवस्था गरेको छ ।


ADVERTISEMENT


संघीय संसदको संयुक्त बैठकमा बिहीबार आर्थिक वर्ष २०७७–७८ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त बजेट घोषणा गरेका हुन् ।


ADVERTISEMENT

# # #


यसअघि ४३ जिल्लामा दिवा खाजा व्यवस्था थियो । दिवाखाजाबाट सामुदायिक विद्यालयका २८ लाख बालबालिका लाभाम्भित हुने छन् ।

यसैबीच, शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयको कार्यक्रम कार्यान्वयन गर्न एक खर्ब ७१ अर्ब ७१ करोड बिनियोजन गरिएको छ ।