१३ औँ गणतन्त्र दिवस । जनआन्दोलन २०६२ र ०६३ को जगमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष जेठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइन्छ ।


ADVERTISEMENT


संविधानसभाको पहिलो बैठकले विक्रम संम्वत २०६५ जेठ १५ गते नेपाललाई सघिय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरेको थियो । राजतन्त्रको अन्त्य गर्दै विक्रम सम्वत २०७२ असोज ३ गते संविधान जारी भएसँगै कार्यान्वयन प्रक्रिया पनि शुरु भएको छ ।


ADVERTISEMENT

# # #


दुई सय ३८ वर्ष लामो शाहवंश राजपरम्पराको अन्त्य भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ । तर यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण औपचारिक समारोह आयोजना गरिएको छैन । सरकारले दीपावली गरेर दिवस मनाउन आह्वान गरेको छ ।

सरकारले विगतमा गणतन्त्र दिवसको दिन सार्वजनिक विदा दिने गर्दथ्यो । तर गत वर्षबाट गणतन्त्र दिवसको विदा कटौती गरिएको छ । गणतन्त्र दिवसको दिन नभई संविधान जारी भएको दिन असोज ३ गते सार्वजनिक विदा दिएर राष्ट्रिय उत्सवको रुपमा मनाउने निर्णय सरकारले गरेको छ ।