काठमाडौँ — नेपालमा द कोका-कोला फाउनडेशन र क्रिएशनले संयुक्त पहलमा सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्टको घोषणा गरेको छ ।


ADVERTISEMENT


जोखिममा रहेका सफाईकर्मी र उनीहरूका परिवारहरूलाई कोरोना भाइरसको नकारात्मक असरबाट बचाउन सहयोग पुराउन जागरूकता अभियान, सुरक्षा तथा राहत सामग्रीहरू प्रदान गर्ने परियोजनाको लक्ष्य रहेको कोकाकोलाले जनाएको छ । यो परियोजना कोका—कोला फाउन्डेशनको कोभिड—१९ विरूद्ध लड्न ८ करोड रुपैयाँसहयोग गर्ने प्रारम्भिक प्रतिवद्धताको एक हिस्सा रहेको कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #


परियोजनाको पहिलो कार्यक्रम जेठ २ गते काठमाडौंको बुढानिलकण्ठ स्थित वुमन फर ह्यूमन राइटस (डब्ल्यूएचआर)मा आयोजना गरिएको थियो । जहाँ १५० सफाईकर्मीहरुलाई सुरक्षा सम्बन्धी जागरूकताका साथ राहत सामग्री पनि वितरण गरिएको थियो ।

कम्पनीका अनुसार हालसम्म चार स्थानमा राहत कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन भइसकेका छन् । जसबाट ४०३ सफाईकर्मीहरू प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । उनीहरुलाई सुरक्षा सम्बन्धी जागरूकता कार्यक्रम, पाँच जनाको परिवारलाई एक महिनासम्म पुग्ने खाद्यान्न राहत प्याकेज र महिलाहरूको लागि डिग्निटी किट प्रदान गरिएको छ । जसमा प्राथमिक आवश्यकता सुनिश्चित गर्न र उनीहरूको स्वास्थ सुरक्षाको लागि वातावरण मैत्री र पुनः प्रयोग योग्य सेनेटरी प्याडको साथसाथै व्यक्तिगत स्वच्छता सामग्रीहरू जस्तै साबुन, पञ्जा र आवश्यक औषधिहरू प्रदान गरिएको छ ।

यसबाहेक, जेठ २६ गतेको राहत कार्यक्रममा १०० जना सफाईकर्मीहरुलाई रक्षात्मक गाउन र सुरक्षा सामग्रीहरू प्रदान गरिनेछ । सोही कार्यक्रम काठमाडौंका मेयर विद्या सुन्दर शाक्यको उपस्थितिमा सम्पन्न हुने बेहोरा परियोजना अधिकृत सुजाता कोइरालाले जानकारी दिएकी छिन् ।

क्रिएशनको पहलमा गरिएको यस परियोजनामा वुमन फर ह्युमन राइट, डोको रिसाईकलर्स, ब्लू वेस्ट टू भ्यालु, नेप्सेम्याक र हिमालयन क्लाइमेट इनिसियटिभले आ—आफ्नो सन्जालमा रहेका सफाइकर्मीहरुलाई राहत वितरण गराएर यस परियोजनाको पहुँचलाई व्यापक बनाउन मदत गर्ने भएका छन् ।
यो परियोजनाको उद्देश्य कोरोना र लकडाउनका कारण संकटको अवस्थामा परेका करिब ३२ सय सफाईकर्मीहरु र उनीहरुका परिवारजनको सुरक्षा र जीविकोपार्जन सुनिश्चित गर्ने रहेको छ । परियोजनाले काठमाडौं, कीर्तिपुर, ललितपुर, भक्तपुर, चितवन, सप्तरी र सिराहाका विभिन्न नगरपालिकाहरूमा भएका सफाईकर्मीको उथानमा मदत पुर्‍याउने छ ।