काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपाल बनाउनका लागि पाँचवटा कार्य गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्नका लागि पाँच कार्य गर्न आग्रह गरेका हुन् ।


ADVERTISEMENT


निरोगी नेपाललाई सरकारले मूल नीति बनाएको भन्दै उनले त्यसका लागि पाँच काम गर्न आग्रह गरे । पूर्खाहरुले गहिरो अनुसन्धान गरी भान्सामा प्रयोग हुँदै आएका औषधीय तत्वले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने भन्दै उनले कोरोना विरुद्ध लड्नका लागि आफ्नो आहारलाई स्वच्छ र सन्तुलित बनाउन आग्रह गरे ।


ADVERTISEMENT

# # #


सम्बन्धित समाचार
– सरकारका कदमले कोरोनाबाट हुनसक्ने डरलाग्दो क्षति जोगियो : प्रधानमन्त्री ओली
– दुई प्रतिशत जनसंख्याको कोरोना परीक्षण गर्ने सरकारको योजना

यस्तै उनले शरीरलाई चुस्त दुरुस्त राख्नका लागि घरभित्रै व्यायाम गर्न सुझाए ।

यस्ता छन् प्रधानमन्त्रीले गरेका ५ आग्रह:

१– यस महामारीसँग लड्दै निरोगी नेपाल निर्माणमा आफूलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाऔँ ।
२– लकडाउनको समयमा उपलब्ध फुर्सदलाई स्वस्थ रहन उपयोग गरौँ । शारीरिक र स्वासप्रश्वासको चुस्तताका लागि घरैभित्र व्यायामलाई निरन्तरता दिऔँ ।
३– भाइरस फोहोरमा रमाउँछ । आफ्नो शरीर वासस्थान दुबैको सरसफाईमा एकदमै ध्यान दिऔँ ।
४– स्वस्थ रहनका लागि प्रयाप्त आराम आवश्यक छ । यसमा ध्यान दिऔँ ।
५– भय र त्रास, चिन्ता र आशंकाले रोगव्याधीका विरुद्ध आफूलाई कमजोर बनाउँछ । मनोबल उच्च राखौँ ।