काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध चालेका कदम सफल भएको दाबी गरेका छन् ।


ADVERTISEMENT


सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले महामारीलाई नियन्त्रण गर्न प्रारम्भिक दिनका तयारीमा केही अलमलजस्तो देखिए पनि हालसम्म आइपुग्दा सरकारले लिएका कदम सफल भएको दाबी गरेका हुन् । उनले सरकारले समयमै आवश्यक कदम चालेका कारण कोभिड–१९ बाट हुनसक्ने डरलाग्दो क्षतिलाई समेत जोगाएको जिकिर गरे ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले भने, ‘समयमै गरिएको लकडाउन, अन्तर्राष्ट्रिय सीमा नाका र उडानहरु बन्द गर्ने निर्णय, समयमै तय गरेको अस्पताल सेवा सञ्चालन कार्य विधिको तर्जुमा र कार्यान्वयन लगायतका कदमहरुले महामारीबाट हुनसक्ने डरलाग्दो क्षतीलाई जोगाएको छ ।’ उनले २ महिनाका शिशुदेखि ८१ वर्षसम्मका वृद्धालाई निको पार्नुलाई उपलब्धीका रुपमा लिइनुपर्ने उनले बताए ।

दक्षिण एशियाका कतिपय मुलुकहरुका तुलनामा नेपालमा महामारी नियन्त्रणको स्थिति प्रभावकारी रहेको पनि उनले जिकिर गरे । तर, त्यसैमा ढुक्क भएर बस्ने स्थिति भने नरहेको प्रधानमन्त्रीको भनाई छ ।

उनले ६२ दिनदेखि जारी लकडाउनले जनजीवनलाई असहज बनाए पनि सामाजिक दूरी कायम गर्न, संक्रमितहरु पहिचान गर्न आइशोलेसनमा राख्न र सम्पर्कमा आएका व्यक्ति पत्ता लगाउन मदत पुर्‍याएको बताए ।

जनतालाई रोग र भोकबाट बचाउनु नै सरकारको प्रमुख दायित्व

प्रधानमन्त्री ओलीले जनतालाई रोग र भोकबाट बचाउनु नै सरकारको प्रमुख दायित्व रहेको बताएका छन् । उनले लकडाउनका कारण सम्पूर्ण अर्थतन्त्र र देशवासीमा परेको अप्ठयारोप्रति सरकार गम्भीर र संवेदनशील रहेको बताए । लकडाउन जारी रहेको र यसले सिर्जना गर्ने अप्ठयारोबाट जनता र अर्थतन्त्रलाई जोगाउनु सरकारको प्रमुख दायित्व हुने उनले बताए ।

‘यस महामारीले हाम्रो समग्र अर्थतन्त्र र सम्पूर्ण देशवासीमा पुग्न गएको अप्ठ्यारोप्रति सरकार गम्भीर र संवेदनशील छ’ उनले भने, ‘यसबाट सिर्जित संकटबाट मुलुकको अर्थतन्त्रलाई रक्षा गर्ने, रोग तथा भोकबाट आफ्ना जनतालाई जोगाउने कामलाई सरकारले प्रमुख दायित्व ठानेको छ ।’ रोग र भोकबाट देशवासीको जीवन जोखिममा पर्न नदिनका लागि सरकार हदैसम्म प्रयत्नशील रहने उनले बताए ।

कोरोनाबाट नेपालमा कसैको पनि ज्यान जान नदिने सरकारको प्रयास रहेपनि चार जनाको निधन भएको भन्दै प्रधानमन्त्री ओलीले दुःख समेत व्यक्त गरे । उनले कोरोना रोकथामका लागि आजसम्म जनताले दिएको साथ र सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि रचनात्मक सहयोगको अपेक्षा गरे ।