काठमाडौँ – स्थानीय वीर अस्पताल अगाडि सञ्चालित तीन औषधि पसललाई कारवाही गरिएको छ ।


ADVERTISEMENT


बजार अनुगमनका क्रममा सर्जिकल सामग्रीमा बढी मूल्य लिएको भेटिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारवाहीस्वरुप जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।


ADVERTISEMENT

# # #


विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार हनुमान फर्माले हाइ मास्कलाई बढी मूल्यमा बिक्री गरेको तथा मेगन फार्मेसी र पवित्र प्रोग्रेस फार्मेसीले केएन ९५ मास्क बढी मूल्यमा बिक्री गरेको पाइएकाले जरिवाना गरिएको हो । ती औषधालयले प्रतिमास्क रु १० देखि रु २३ सम्म नाफा लिएको भेटिएपछि उक्त पसललाई जरिवाना गरिएको विभागले जनाएको छ ।