एजेन्सी। चीनले सगरमाथामा  फाइभ जी आधार स्टेशन निर्माण गरेको छ । सगरमाथा क्षेत्रको मापन गर्न भनेर चिनियाँ विशेषज्ञ र प्राविधिकहरू टेन्ट हालेर त्यही क्षेत्रमा बसिरहेको बताइएको छ ।


ADVERTISEMENT


तत्काल पाँच हजार २०० मिटर माथिका क्षेत्रहरु मापन गर्न सुरू गरेको बताइएको छ । यस क्रममा अस्थायी रूपमा टेन्ट हालेर शिविर नै बसालेका उनीहरूले आधुनिक प्रविधि र सुविधालाई आत्मसात गर्दै रमाइरहेका छन् । आधुनिक टेन्टभित्रै सञ्चार प्रविधिदेखि, जिम, गेम, मसाज, रेस्टुराँ लगायत सुविधा र मनोरन्जनात्मक सेवा राखेको चिनिया सञ्चारमाध्यहरूले बताएका छन् ।


ADVERTISEMENT

# # #


केही हप्ताअघि देखि नै चीनले सरगरमाथाको उत्तरी मोहडातर्फ करिब ७ हजार मिटरको उचाइमा आफ्नो फाइभ जीको सञ्चार प्रविधिको आधार स्टेशन निर्माण थालेका छन् भने सगरमाथाको मापन कार्य समेत भइरहेको बताइएको छ । गत अप्रिल ३० देखि नै चीन तर्फको क्षेत्रमा मापन सुरू भइसकेको छ । सो क्रममा केही चिनियाँ मिडियाले सगरमाथा चीनमा पर्ने समेत लेखेपछि त्यसको चर्चा नेपालमा पनि भएको थियो ।